२४ घण्टामा थपिए हालसम्मकै धेरै कोरोना संक्रमित ३४३९ जना, सक्रिय संख्या २५ हजार नाघ्यो ।
काठमाडौं : पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
बुधबार एकैदिन ३४३९ जनामा कोरोना संक्रमण भएको छ । एकैदिन संक्रमित हुनेको संख्या हालसम्मकै उच्च हो ।
योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ९४ हजार २५३ पुगेको छ ।
बुधबार ११२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।
हाल संक्रिय संक्रमितको संख्या २५००७ रहेको छ ।
यस्पतै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८४ जना संक्रमित भएका छन् ।
यस्तै काठमाडौंका ४ सहित कोरोनाभाइरसबाट थप १५ जनाको मृत्यु भएको छ । काठमाडौंका मृतकमा ४ जना पुरुष रहेका छन् भने २ महिला रहेका छन् । याे सँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या हालसम्म ५७८ पुगेको उहाँले जानकारी दिनुभयाे ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


