नेपालमा एक दिनमा अहिलेसम्मकै धेरै २७ सय २२ जनामा कोरोना संक्रमित थपिए,थप ११ जनाको मृत्यु ।
काठमाडौं : नेपालमा थप २७ सय २२ जनामा कोरोना पुष्टि भएको छ । यो संक्रमण संख्या नेपालमा एकै दिन भएको अहिलेसम्मकै उच्च संख्या हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल २७ सय २२ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।
यसैबीच नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ महिला र ७ जना पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२० पुगेको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


