नेपालमा थप २,५०८ जनामा संक्रमण, १७ जनाको मृत्यु ।
काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा नौ हजार २७९ जनामा भएको ‘पीसीआर’ परीक्षणमा दुई हजार ५०८ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयलले शनिबार प्रकाशन गरेको विवरणअनुसार एक हजार ५३२ पुरुष र ९७६ जना महिलामा संक्रमण देखिएको हो ।
यस्तै, काठमाडौ उपत्यकामा भने एक हजार ३५७ जनामा संक्रमण देखिएको छ ।
योसँगै देशभर एक लाख ७० हजार ७४३ जनामा संक्रमण देखिएको छ ।
थप १७ जनाको मृत्यु
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १७ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर संक्रमका कारण ९३७ जनाको मृत्यु भएको छ ।
३८ हजार बढी सक्रिय संक्रमित : हाल देशभर ३८ हजार ५५७ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३१ हजार आठजना ‘होम आइसोलेसन’मा छन् भने सात हजार ५४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
सक्रिय संक्रमितमध्ये २९६ जनाको ‘आईसीयू’कक्षमा उपचार भइरहेको छ भने ६९ जना भेन्टिलेटरमा रहेका छन् ।
थप २,२६४ ‘डिस्चार्ज’ : देशभर पछिल्लो २४ घन्टामा दुई हजार २६४ जनाले संक्रमणलाई जितेका छन् । योसँगै देशभर एक लाख ३१ हजार २२२ जना ‘डिस्चार्ज’ भएका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


