थप ४४ सय ९९ जनामा कोरोना पुष्टि, २६ सय ६८ निको भए ।

 ७ कार्तिक २०७७, शुक्रबार १७:२३   | आँधीखोला समाचार डेस्क

थप ४४ सय ९९ जनामा कोरोना पुष्टि, २६ सय ६८ निको भए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ४ हजार ४९९ जनामा कोरोना स.क्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ६६८ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ।

मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ६८.९ प्रतिशत निको भएका छन्।

मन्त्रालयका अनुसार शुक्रबार १७ जनाकाे मृत्युसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८ सय २९ पुगेकाे छ ।

Facebook Comments
यो पनि पड्नुहोस..  अमेरिकामाथि नेपालको कीर्तिमानी जित, सन्दीपले लिए ६ विकेट

अन्तिम अपडेट: ७ कार्तिक २०७७, शुक्रबार १७:२३





-->