थप ४३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि,थप २१ सहित मृत्यु हुनेको संख्या सात सय नाघ्यो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ४ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको बताउनु भयाे ।
उनका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा १२ हजार ३३६ जना रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५२२ जना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


