पछिल्लो २४ घण्टामा २०७१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु
काठमाडौ : पछिल्लो २४ घण्टामा २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गरिएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७५ हजार ८४ जना छन् ।
पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा १७ जना पुरुष र ५ जना महिला छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


