नेपालमा थपिए एकैदिनमा ५००८ जना संक्रमित, थप १४ जनाको मृत्यु ।

corona Gautam

काठमाडौं : नेपालमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा १,८२३ महिला र ३,१८५ पुरुष गरी ५,००८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा एकैदिनमा पुष्टि भएको हालसम्मकै सर्वाधिक संख्या हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १०५,६८४ पुगेको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण दुई महिला र १२ पुरुष गरी १४ जनाको मृत्यु पुष्टि भएको शनिबार स्वास्थ्य मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा देशभरबाट १,२२९ जना ‘डिस्चार्ज’ भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७४,२५२ पुगेको छ ।

यता नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ । शनिबारसम्म सक्रिय संक्रमितको संख्या ३०,८१८ पुगेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box
TOP