२४ घण्टामा ५ दिने शिशुसहित ७ जनाको मृत्यु,२२५३ जनामा कोरोना संक्रमण पुष्टी ।

काठमाडौं पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि जानकारी दिनुभयो ।
योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ८६ हजार ८२३ पुगेको छ । पछिल्लो २४ घण्टामा १३२९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसहित नेपालमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ६४ हजार ६७ पुगेको छ ।
अहिले संक्रीय संक्रमितको संखया २२ हजार २१९ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५ दिनको बालिकासहित ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये ४ जना पुरुष र ३ जना महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मकवानपुरमा पाँच दिने बालिकाको पनि ज्यान गएको छ ।
यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…