स्याङ्जाका ३ सहित गण्डकीमा आज बिहानै थपिए ९८ संक्रमित, एक जनाकाे मृत्यु ।
स्याङ्जा : गण्डकी प्रदेशमा आज बिहान ९८ संक्रमित थपिएका छन् । प्रदेशका ७ जिल्लामा ९८ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमा कास्कीका ६० जना छन् । नवलपरासीमा २२, तनहुँमा ८, स्याङ्जामा ३, गोरखा, लमजुङमा २/२ र पर्वतमा १ संक्रमित थपिएका छन् ।
स्याङ्जामा थिपने दुइ महिला र एक पुरूष छन तर उनीहरूकाे ठेगाना भने नखुलेकाे निर्देशनालयले जनाएकाे छ ।
गण्डकीमा यससँगै कुल कोरोना संक्रमितको संख्या ७ हजार १ सय ४५ पुगेको छ । तीमध्ये ४ हजार ६६ जना निको भएका छन्
यसैबीच गण्डकी प्रदेशमा थप एक जनाकाे मृत्यु भएकाे छ । बाग्लुङकाे गल्कोट नगरपालिका – ३ का ७२ बर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा निधन भएको हाे | मृतकमा COVID 19, Pneumonia र Hypertension लगायतका समस्या रहेको जानकारी अस्पताल प्रशासनबले जनाएकाे छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ |
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


