स्याङ्जाका ३ सहित गण्डकीमा आज बिहानै थपिए ९८ संक्रमित, एक जनाकाे मृत्यु ।

स्याङ्जा : गण्डकी प्रदेशमा आज बिहान ९८ संक्रमित थपिएका छन् । प्रदेशका ७ जिल्लामा ९८ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमा कास्कीका ६० जना छन् । नवलपरासीमा २२, तनहुँमा ८, स्याङ्जामा ३, गोरखा, लमजुङमा २/२ र पर्वतमा १ संक्रमित थपिएका छन् ।
स्याङ्जामा थिपने दुइ महिला र एक पुरूष छन तर उनीहरूकाे ठेगाना भने नखुलेकाे निर्देशनालयले जनाएकाे छ ।
गण्डकीमा यससँगै कुल कोरोना संक्रमितको संख्या ७ हजार १ सय ४५ पुगेको छ । तीमध्ये ४ हजार ६६ जना निको भएका छन्
यसैबीच गण्डकी प्रदेशमा थप एक जनाकाे मृत्यु भएकाे छ । बाग्लुङकाे गल्कोट नगरपालिका – ३ का ७२ बर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा निधन भएको हाे | मृतकमा COVID 19, Pneumonia र Hypertension लगायतका समस्या रहेको जानकारी अस्पताल प्रशासनबले जनाएकाे छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ |
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…