स्याङजाका १३ सहित गण्डकी प्रदेशमा बुधबार थपिए १५५ सङक्रमित, २ को मृत्यु ।
स्याङजा :
स्याङजाका १३ जना सहित गण्डकी प्रदेशमा बुधबार १५५ जना सङक्रमित थपिएकाछन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार चापाकोट नगर ८ जना र गल्याङ नगरपालिका ४ जना र वालिङका १ जना गरी १३ जना सङक्रमित थपिएका हुन ।
यो सहित स्याङजामा सक्रमितको संख्या पाँच सय २१ पुगेको छ । जस मध्ये चार सय ४२ जना निको भएका छन् भने पाँच जनाको निधन भएको छ ।
यसैबीच
गण्डकी प्रदेशमा आज थपिने संक्रमितहरुमा कास्कीका सबै भन्दा धेरै रहेकाछन् जहाँ आज मात्रै ९८ थपिएका हुन् त्यस्तै नवलपरासी बर्दघाट सुस्तापूर्बका १६, तनहुँका १४, गोरखाा ११ जना, बाग्लुङका २ जना रहेकाछन् ।
यो सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या ६ हजार नौं सय ४५ पुगेको छ जस मध्ये चार हजार ६६ जना निको भएकाछन् । संक्रमित मध्ये ७० जनाको मृत्यु भएको छ ।
दुईको मृत्यु
गण्डकीमा २ संक्रमितको उपचारका क्रममा निधन भएको छ ।
गोरखा बारपाक सुलिकोट–१ की १९ वर्षीय कोरोना संक्रमितको भरतपुर अस्पताल चितवनको आईसियुमा मंगलबार निधन भएको छ ।
नवलपरासीको गैंडाकोट २ का ५४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
याे पनि : स्याङजामा थपिए थप १२ जना संक्रमित ।
.


समाचार
थप सामाग्री
स्याङ्जा : भारतीय नम्बर प्लेटको कार दुर्घटना,तीन जना घाइते
४ दिन अगाडि
वालिङ : सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक…


