वालिङ सडक खाना महोत्सवको समय थपियाे
वालिङ :
वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना स्थानीय वृद्धि हाम्रो चाहाना” भन्ने नाराका साथ मौलिक खाना प्रर्वद्धनको लागी आयोजित महोत्सवमा स्थानीयको चाहाना अनुसार नगरकार्यपालिका बैठकले महोत्सवको समय १ दिन थप गरेको हो । सडक खाना महोत्सवका व्यवस्थापक तथा नगरप्रवक्ता पदमराज गुरुङले यहाँका उपभोक्ता, स्थानीय व्यवसाय, बुद्धिजिवि तथा आम नागरिकले महोत्सव शनिबारसम्म थप गर्न अनुरोध गरेकाले शुक्रबार बसेको नगरकार्यपालिकाको बैठकले १ दिन थप्ने निर्णय भएको हो ।
महोत्सवमा विभिन्न विद्यालय, विभिन्न समूह, तथा जातिय संघहरुले आ–आफ्ना मौलिक परिकारका स्टलहरु राखेका छन् भने स्थानीय महोत्सवको तेस्रो दिन शुक्रबार गायक रुपक डोटेल, घनश्याम रिजाल, शिव शर्मा, कमला गैह्रे, भोजकुमारी पाण्डे, नम्रता थापा, नृत्यकार जुनु एसडिको प्रस्तुति रहेको छ । स्थानीय खानाको संरक्षण तथा दस्ताबेजीकरण, विभिन्न जातजातिको सांस्कृतिक विविधताको प्रचारप्रसार, सडक खाना महोत्सव मार्फत पर्यटन नगरको ब्रान्डिङ, स्थानीय उत्पादनको बजार विस्तार, सामुदायिक एकता सदभाव र पहिचान प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा २५ वटा स्टलहरु रहेका छन् । महोत्सवमा गुरुङ, मगर, नेवार, बाहुन, क्षेत्री, विभिन्न लगायतका जातजातिहरु साथै विभिन्न विद्यालयहरुका हाम्रो परिवेशमा पाईने विभिन्न मौलिक परिकारको प्रदर्शनी तथा बिक्री, जातीय तथा परम्परागत नृत्य, भेषभूषा, विद्यार्थीहरुका प्रतिभा, लोक संगीत एकै थलोमा हेर्न सकिनेछ । महोत्सव यहि मंसिर १७ गतेबाट शुरु भएको हो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


