अशक्त नागरिकलाई घरमै नागरिकता
राधाकृष्ण डुम्रे/स्याङ्जा :
स्याङ्जा वालिङमा रहेको इलाका प्रशासन कार्यालयले अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । वालिङ नगरपालिका–६ की १८ वर्षीया सीता पाण्डे, वालिङ नगरपालिका–३ का १७ वर्षीया किशमाया गुरुङलाई नयाँ नागरिकता प्रदान गरिएको हो ।
यस्तै भिरकोट नगरपालिका–५ का ६७ वर्षीय चोकबहादुर थापालाई नागरिकताको प्रतिलिपी प्रदान गरिएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख सरिता चापागाई भारीले जानकारी दिनुभयो ।
नागरिकता प्रमाणपत्र नहुँदा उपचार प्रक्रियालगायत आवश्यक सेवा सुविधा लिन कठिनाइ भएको जानकारी आएपछि घरमा पुगेर नागरिकता प्रदान गरिएको उहाँको भनाइ छ । नागरिकको दुःखमा साथ दिने प्रशासनको दायित्व भएकाले नागरिकताबाट पाउने सेवाबाट बञ्चित हुन नपरोस् भनेर घरमा पुगेको प्रमुख भारीले बताउनुभयो ।
नागरिकता प्रदान गर्ने सहज व्यवस्था मिलाउन वडा कार्यालयले समन्वय गरेको वालिङ नगरपालिका–६ का वडाध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । अशक्तलाई सहज रूपमा कार्यालयसम्म लैजान समस्या भएपछि प्रशासनलाई अनुरोध गरिएको उहाँको भनाइ छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


