वालिङमा पहिलो पटक ‘सडक खाना महोत्सव’
राधाकृष्ण डुम्रे/स्याङ्जा :
स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यसहित स्याङ्जाको वालिङमा ‘सडक खाना महोत्सव’ हुने भएको छ । वालिङ नगरपालिकाले यही मङ्सिर १७, १८ र १९ गते आँधीखोला करिडोरस्थित पतन्जली, खेलमैदान–सुर्कौदी पुलसम्मको सडक क्षेत्रमा पहिलो पटक महोत्सव गर्न लागिएकोे प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो ।
नगरप्रवक्ता तथा वडा नं. १ वडा अध्यक्ष पदमराज गुरुङले महोत्सवको बारेमा जानकारी गराउनु हुँदै स्थानीय परिकार, स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने पालिकाको योजना रहेको बताउनु भयो । वालिङमा पहिलो पटक आयोजना हुन लागेको महोत्सवमा जातिय भेषभुषा, संस्कृतिको प्रस्तुति स्थानीय कलाकारहरुको प्रस्तुति समेत रहने गुरुङको भनाइ छ ।
सडक खाना महोत्सवका लागि आगामी मङ्सिर १५ सम्मा स्टल बुकिङ गर्न नगरपालिकाले आव्हान गरेको छ । तोकिएको ठाउँमा स्टल राख्न पाइने र यसका लागि प्रतिदिन रुपियाँ पाँच सय शुल्क तोकिएको नगरपालिकाले जनाएको छ ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण र प्रवर्धन गर्न सहयोग पुग्ने नगर उपप्रमुख तथा सडक खाना महोत्सव–२०८२ का संयोजक कविता तिवारी गैह्रेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पालिकाका १४ वटै वडामा उत्पादन भएका बस्तुहरुको पहिचान गरि बजारीकरण गर्ने पालिकाको योजना छ ।” पालिकाले विगत केही वर्षदेखि स्थानीय उत्पादनमा जोड दिँदै आएको उहाँको भनाइ छ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


