वालिङ सडक खाना महोत्सव सकियो
वालिङ :
वालिङमा आयोजना गरिएको प्रथम वालिङ सडक खाना महोत्सव हिजो सकिएको छ । “हाम्रो नगरमा हाम्रै खाना स्थानीय वृद्धि हाम्रो चाहाना” भन्ने नाराका साथ यहि मंसिर १७ गतेबाट शुरु भएको महोत्सव मौलिक खाना प्रर्वद्धनको लागी आयोजना गरिएको थियो । वालिङ नगरपालिकाको आयोजनामा आयोजित प्रथम सडक खाना महोत्सवमा स्थानीय अर्गानिक खाना तथा स्थानीय कृषि उत्पादनहरुको समेत प्रर्दशनी गरिएको थियो ।
महोत्सवमा पुर्णामृत मावि, पायोनियर मावि, भुपू सैनिक माविका विद्यार्थीहरु यहाँका मगर समाज, गुरुङ समाज, नेवार समाज, कुमाल समाजलगायत विभिन्न जातजातिहरुले आफ्ना मौलिक खानाहरुको विक्रि तथा प्रर्दशनी गरेका थिए ।
स्थानीय खानाको संरक्षण तथा दस्ताबेजीकरण, विभिन्न जातजातिको सांस्कृतिक विविधताको प्रचारप्रसार, सडक खाना महोत्सव मार्फत पर्यटन नगरको ब्रान्डिङ, स्थानीय उत्पादनको बजार विस्तार, सामुदायिक एकता सद्भाव र पहिचान प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा २५ वटा स्टलहरु रहेका थिए ।
स्थानीय परिवेशमा पाईने विभिन्न मौलिक परिकारको प्रदर्शनी तथा बिक्री, जातीय तथा परम्परागत नृत्य, भेषभूषा, विद्यार्थीहरुका प्रतिभा, लोक संगीतलगायतको हरेक दिन ख्याती प्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति एकै थलोमा हेर्न पाउँदा दर्शक निकै खुसी भएका थिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
२ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


