स्याङ्जा एमाले : ८४ जनाबाट सर्वसम्मत छानिए १५ जना
स्याङ्जा :
काठमाडौंमा मङ्सिरको अन्तिम साता हुने नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि स्याङ्जाबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधिहरु चयन गरिएको छ ।
स्याङ्जा संघीय निर्वाचन क्षेत्र नं. १ मा खुला तर्फ नारायण प्रसाद मरासिनी, सुधिर पौडेल, महेश पुरी र चुनप्रसाद शर्मालाई महाधिवेसन प्रतिनिधिका रुपमा चयन हुनु भएको छ । त्यसैगरी महिलाबाट चिनमाया गुरुङ र तारा शर्मा तथा युवा प्रतिनिधिमा अमृत नेपाली चयन हुनु भएको नेकपा (एमाले) स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रेले जानकारी दिनुभयो ।
त्यसैगरी संघीय क्षेत्र नं. २ मा खुलाबाट सुर्यप्रसाद गैह्रे(पारस), रामचन्द्र भट्टराई र खिम बहादुर थापा चयन हुनु भएको छ यस्तै महिलाबाट खगीसरा थापा, भेमला बराल र ४० वर्षमुनिका युवाबाट विश्वनाथ अर्याल चयन हुनु भएको छ । दलित समुदायबाट मेघबहादुर सार्की र तिलकराम नेपाली चयन हुनु भएको नेकपा एमाले एघारौं राष्ट्रिय महाधिवेशन निर्वाचन समिति स्याङ्जाले जनाएको छ ।
१५ जना प्रतिनिधिका लागि ८४ जना आकांक्षी देखिएकोमा स्याङ्जामा सबै सदस्य सर्वसम्मत छानिएका नेकपा एमाले स्याङ्जाले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


