स्याङ्जाका एक संक्रमितको उपचारका क्रममा पोखरामा मृत्यु

स्याङजा :
स्याङ्जाका एक कोरोना संक्रमितको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्वर २ की ५२ बर्षीय महिलाको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो ।
असोज २६ गते संक्रमण पुष्टी भएकी ति महिलाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्र मा बुधबार बिहान मृत्यु भएको निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो ।
मृतक हाईपोथाईरोडिजम, हाईपर टेन्सन लगायतका समस्याबाट पीडित रहेको निर्देशक आचार्यले जानकारी दिनुभयो ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ५, लमजुङका २, बागलुङ र म्याग्दीका १ १ जना रहेकाछन् ।
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…