स्याङ्जाको चापाकोटमा सञ्चालित शिविरमा आँखा परिक्षण गराएका बिरामीहरुमा कोरोना पुष्टी ।
स्याङ्जा :
स्याङ्जाको चापाकोटमा सञ्चालित निशुल्क आँखा शिविरमा आँखा परिक्षण गर्न आएका केही बिरामीहरुमा कोरोनाको सङ्क्रमण पुष्टी भएको छ ।
बि एम फाउण्डेशनले कोरोनाका कहरका बीच आयोजना गरेको निशुल्क आँखा शिविरमा परिक्षण गर्न आएका बिरामी तथा चिकित्सक/ आयोजकको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ गर्दा १४ जनामा कोरोना पुष्टी भएको हो ।
शिविरका आयोजक तथा फाउण्डेशनका अध्यक्ष डाक्टर बुद्धिमान श्रेष्ठ तथा आँखा परिक्षण गर्न चापाकोट आएका चिकित्सकमा कोरोना पुष्टी भए पछि उनीहरुको सम्पर्कमा आएकाहरुको परिक्षण गरिएको चापाकोट नगरपालिकाले जनाएको छ ।
भिटिएमको अभावमा पहिलो चरणमा ३९ जनको मात्रै स्वाव संकलन गरिएको नगरपालिकाले जनाएको छ जसमा १४ जनामा कोरोना पुष्टी भएको हो । निशुल्क आँखा शिविर चलाएको फाउण्डेशन भने बिरामीलाई कोरोना संक्रमण देखिएको प्रति बेखवर रहेको छ ।
चापाकोट नगरपालिकाका १० जना पुरुष र ४ जना महिला गरी १४ जनामा कोरोना सङक्रमित थपिएका छन् ।
स्याङ्जामा एकै पटक थपिए १४ जना काेराना सङक्रमित ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


