कोरोना संक्रमित बढे पछि चापाकोटमा बनाईयो सुबिधा सम्पन्न आईसोेलेशन सेन्टर ।

 २९ आश्विन २०७७, बिहीबार १९:४७   | आँधीखोला समाचार डेस्क

कोरोना संक्रमित बढे पछि चापाकोटमा बनाईयो सुबिधा सम्पन्न आईसोेलेशन सेन्टर ।

चापाकोट :
कोरोना संक्रमित बढे पछि चापाकोटमा आईसोेलेशन सेन्टर बनाईएको छ । चापाकोट नगरपालिकाले स्थानीय चापाकोट क्याम्पसमा सुबिधा सम्पन्न आईसोलेशन बनाएको हो । पछिल्लो समय चापाकोट नगरपालिकामा कोरोना संक्रमणको दरमा बृद्धि भएसँगै उनीहरुको व्यवस्थापन र उपचारका लागि आईसोलेशनको स्थापना गरिएको चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले जानकारी दिनुभयो । उहाँले नगरपालिकाका नागरिकलाई अन्यत्रको आईसोलेशनमा राख्नु भन्दा आफ्नै ठाँउमा राख्न सहज हुने देखेर आईसोलेशन सेन्टर बनाएको बताउनु भयो ।
स्थानीय स्तरमा नै आईसोलेशनको निर्माण गरिए पछि सोमबार संक्रमित भई भीरकोट स्थित कालिका साुमदायिक अस्पतालको आईसोलेशनमा रेहका १४ जना संक्रमितलाई आज स्थानीय स्तर कै सेन्टरमा लगेर राखिएको नगरपालिकाका प्रेस सल्लाहकार बिश्वप्रकाश भट्टराईले जानकारी दिनुभयो ।
केही दिन पहिले बिएम फाउण्डेसनले बिना स्वीकृत गरेको आँखा शिविरका सहमागीहरुमा कोरोना संक्रमण देखिए पछि नगरपालिका केही दिनका लागि शिल गरिएको छ ।
संक्रमितहरुको सम्पर्कमा आएकाहरुको स्वाव संकलनको काम गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिन्दु कोईरालाले जानकारी दिनुभयो ।

.

Facebook Comments

अन्तिम अपडेट: २९ आश्विन २०७७, बिहीबार १९:४७





-->