स्याङ्जामा भरुवा बन्दुक सहित २ जना पक्राउ ।

बर्षा पंगेनी/स्याङजा :
स्याङ्जामा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेकाछन् । जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्वर ६ बस्ने ६६ बर्षका थमन गुरुङ र २० बर्षका सुजन गुरुङ पक्राउ परका परेका हुन् ।
थमन गुरुङको साथबाट एक थान अबैध भरुवा बन्दुक, भरुवा बन्दुकको नाल एक थान,बारुद थान १४५ ग्राम,टिनको ससाना पाता ११ वटा, केप ५ थान,काँचो सिसा १५६ वटा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता डिएस्पी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै सुजन गुरुङको साथबाट एक नाले भरुवा बन्दुक नियन्त्रणमा लिईएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । उनीहरु दुवै जनालाई जिल्ला अदालतबाट २५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…