पत्रकार बश्याललाई पितृ शोक ।
स्याङजा :
पत्रकार भूपराज बश्याललाई पितृ शोक परेको छ । पत्रकार बश्यालका बुबा देबाखर बश्यालको ९२ बर्षको उमेरमा गएराती निधन भएको हो । गल्याङ नगरपालिका वडा नम्वर ३ निवासी देबाखर बश्यालको उपचारका क्रममा गएराती निधन भएको परिवारले जनाएको छ ।
पत्रकार महासंघ युएई शाखाका पूर्ब अध्यक्ष समेत रहेका बश्यालका बुबा देबाखर केही दिन देखि अस्वस्थ भए पछि स्थानीय अस्पतालमा उपचाररत रहनु भएको थियो ।
उहाँका श्रीमती, चार छोरा र एक छोरी रहेकाछन् ।
यसैबीच देबाखर बश्यालको आजै कालिगण्डकी नदी तटमा अन्तिम संस्कार गरिएको छ । यसअघि उहाँको पार्थिव शरीरमा नेपाली कांग्रेस गल्याङ नगरसभापति श्याम प्रसाद बश्याल लगायतले कांग्रेसको झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।
यता नेपाल प्रेस युनियन स्याङजाका अध्यक्ष प्रदिप कोईराला मृतक प्रती हार्दिक श्रद्धान्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजन प्रति समेवेदना प्रकट गर्नु भएको छ ।
समाचार
थप सामाग्री-
एमालेका थापाको संकल्प पत्र : सिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा
-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
४ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष भरतराज ढकालले कृषिमा मूल्य श्रंखला, कृषि क्षेत्रको संस्थागत विकास र रोजगारी सृजनामा…


