पत्रकार बश्याललाई पितृ शोक ।
स्याङजा :
पत्रकार भूपराज बश्याललाई पितृ शोक परेको छ । पत्रकार बश्यालका बुबा देबाखर बश्यालको ९२ बर्षको उमेरमा गएराती निधन भएको हो । गल्याङ नगरपालिका वडा नम्वर ३ निवासी देबाखर बश्यालको उपचारका क्रममा गएराती निधन भएको परिवारले जनाएको छ ।
पत्रकार महासंघ युएई शाखाका पूर्ब अध्यक्ष समेत रहेका बश्यालका बुबा देबाखर केही दिन देखि अस्वस्थ भए पछि स्थानीय अस्पतालमा उपचाररत रहनु भएको थियो ।
उहाँका श्रीमती, चार छोरा र एक छोरी रहेकाछन् ।
यसैबीच देबाखर बश्यालको आजै कालिगण्डकी नदी तटमा अन्तिम संस्कार गरिएको छ । यसअघि उहाँको पार्थिव शरीरमा नेपाली कांग्रेस गल्याङ नगरसभापति श्याम प्रसाद बश्याल लगायतले कांग्रेसको झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।
यता नेपाल प्रेस युनियन स्याङजाका अध्यक्ष प्रदिप कोईराला मृतक प्रती हार्दिक श्रद्धान्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजन प्रति समेवेदना प्रकट गर्नु भएको छ ।
समाचार
थप सामाग्रीअख्तियारले भन्यो-‘सुशासन प्रयोग नगर्दा भष्ट्रचारका उजुरी बढे’
२ हप्ता अगाडि
स्याङ्जा : मुलुकमा नयाँ संविधान जारी भएसगै बनेको संघियतापछि अख्तियारमा उजुरी दिने संख्या बढ्न थालेको एक कार्यक्रममा बताइएको छ ।…