स्याङ्जामा बस र मोटरसाईकल एक आपसमा ठोकिदा दुइजनाको मृत्यु ।

स्याङ्जा :
सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्वर १ दार्सिङमा बस र मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ । वालिङबाट भीरकोट तर्फ गईरहेको ग १ क ४३७० नम्वरको बस र बिपरित दिशाबाट आइरहेको ग १३ प २८१४ नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खाएका हुन् ।
दुर्घटनामा परि घाईते भएका भीरकोट ३ घर भई कपिलबस्तु बस्ने का ३१ बर्षीय गुप्त बहादुर खत्री र भीरकोट ३ नै घर भई वालिङ बस्ने ५८ बर्षीय ढाल बहादुर रानाको उपचारको क्रममा कालिका सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । दुवै सावरी साधन प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…