स्याङजा : ट्याक्टरले च्याप्दा एक जनाको मृत्यु, एक घाईते ।

accident

खगिन्द्र पौडेल :
स्याङ्जाको भीरकोटमा ट्याक्टरले च्याप्दा एक जनाको ज्यान गएको छ । भीरकोट ३ साम्दीमा ग १ त ५६३७ नम्वरको ट्याक्टर अनियन्त्रित भइ सडकमा पल्टिएको हो । दुर्घटनामा परी ट्याक्टरमा सवार स्थानीय २० बर्षका बिपिन जिटीको मत्यु भएको हो भने सोही ठाँउका १७ बर्षीय सुनिल रिजाल घाईते भएका जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रबक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP