स्याङ्जाका सुरक्षा प्रमुखहरु र पत्रकारबीच अन्तरक्रिया सम्पन्न
भवानी अधिकारी :
स्याङ्जा जिल्लाका सुरक्षा प्रमुख र पत्रकारबीच समसामयिक तथा जिल्लाका बस्तुस्थिती बारेमा अन्तरक्रिया भएको छ ।
नवआगन्तुक प्रमुख जिल्ला अधिकारी उमेश बस्नेत, प्रहरी प्रमुख होबिन्द्र वोगटी र अनुसन्धान प्रमुख शुरेशकुमार तिवारी र पत्रकारबीच परिचयात्मक कार्यक्रम सहित समसामयिक बिषयका बारेमा अन्तरक्रिया भएको हो ।
अन्र्तक्रियामा बोल्दै प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले समग्र जिल्लाको शान्ति, सुरक्षा, सुशासन, विकास र कोरोना नियन्त्रणका लागि सबैसंग सहकार्य गर्दे अघि बढ्ने बताउनुभयो । एक साताअघि सरुवा भई स्याङजा आउनु भएका प्रजिअ बस्नेतले जिल्लाको विकास तथा शुसासन कायम गर्न पत्रकारको भुमिका उल्लेख्य रहने जनाउदै पत्रकारसंग समन्वय गर्दे अघि बढ्नेमा जोड दिनुभयो ।
.

यसैगरी, प्रहरी उपरीक्षक होविन्द्र वोगटीले शिक्षित जिल्लाका रुपमा परिचित जिल्लाका कानून कार्यान्वयनमा सहज बनेको बताउनुभयो । जटिल भौगोलिक अवस्थाका कारण काममा जटिलता र ढिलाई भएता पनि प्रहरीले उल्लेख्य सफलता हासिल गरेको बताउनुभयो ।
पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले जिल्लाको समग्र अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।
सहभागि पत्रकारहरुले स्याङ्जामा भए गरेका घटना, कोरोना संक्रमण, अवैध निकास एवं कारोवार, स्थानीय तहका गतिबिधी र समसामयिक अवस्थाका बारेमा जानकारी एवं सुझाव दिएका थिए ।
जिल्लास्थित क्रियाशिल २५ जना पत्रकारको सहभागिता थियो ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी बस्नेत एक साताअघि, प्रहरी उपरीक्षक बोगटी डेढ महिनाअघि स्याङजा सरुवा भई आउनु भएको हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


