गण्डकी प्रदेशमा बिहानै थपिए २५२ जना सङक्रमित, थप ४ जनाको मृत्यु ।
स्याङजा :
गण्डकी प्रदेशमा सोमबार बिहान मात्रै थप दुई सय ५२ जना सङक्रमित थपिएकाछन् भने ४ जनाको सङक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार थपिने सङक्रमितहरुमा सबै भन्दा धेरै कास्कीको पोखरा महानगरपालिकाका रहेकाछन् । जसमध्ये ३१ जना प्रहरी रहेकाछन् ।
त्यस्तै नवलपरासी सूस्ता पूर्बका ७५ जना तनहुँका २६ जना,बाग्लुङका १७ जना,गारेखाका ४ जना,लमजुङका ५ जना र स्याङजाका एक जना रहेकाछन् ।
यो सहित गण्डकी प्रदेशमा संक्रमितको संख्या छ हजार सात सय ११ पुगेको छ जस मध्ये तीन हजार आठ सय ६४ जना निको भएकाछन् ।
यसैबीच गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले निकालेको बिबरण अनुशार थप ४ जना सङक्रमितको मृत्यु भएको छ । नवलपरासी सुस्ता पूर्बका दुई जना पुरुष र कास्कीका एक पुरुष र एक महिलाको मृत्यु भएको हो । गैडाकोट ५ का ७३ बर्षका पुरुषकोचितवन मेडिकल कलेजमा तथा कावासती २ का ७७ बर्षका पुरुषको मध्यबिन्दु अस्पताल नवलपरासीमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै पोखरा १५ का ७८ बर्षीय महिलाको चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको निर्देशनालयले जनाएको छ । यसैगरी पोखरा ५ का ५५ बर्षका पुरुषको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
यो सहित गण्डकीमा ज्यान गुमाउने कोरोना सङक्रमितको संख्या ६७ पुगेको छ ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
४ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…