असोज ५ गतेदेखि लामो दूरीको यातायात र आन्तरिक उडान खुल्‍ने

 २९ भाद्र २०७७, सोमबार २१:१०   | पत्रपत्रिका/ अनलाईन

असोज ५ गतेदेखि लामो दूरीको यातायात र आन्तरिक उडान खुल्‍ने

काठमाडौँ : सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्न दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिनुभयाे ।

सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो ।

Facebook Comments

अन्तिम अपडेट: २९ भाद्र २०७७, सोमबार २१:१०





-->