वालिङ नगरपालिकाले अशक्तको घरमै पुगेर परिचय पत्र वितरण

apanga 1

प्रदिप कोइराला/स्याङ्जा :
वालिङ नगरपालिका वाड नं ४ की हाईमाया गुरुङ ३५ वर्षदेखि अर्काको साहरामा जीवन विताउदै आएकी छन् । गुरुङ भिन्न क्षमता भएकी महिला हुन् । उनी बोल्न र हिँडडुल गर्न सक्दिनन्। खाना खानदेखि शौचालय जानसम्म उनलाई सहयोगीको आवश्यकता पर्छ।
आफ्नी आमाको साहारामा माझकोटमा रहेकी उनी आमाको मृत्यू पछि दाजुको साहारमा वालिङ नगरपालिका वाड नं १ रामवाच्छामा बसिरहेकी छन् । ५१ वर्षको हुँदासम्म पनि नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी सेवाबाट बञ्चित भइरहेकी थिइन्। गत वर्ष उनकी दिदी टकमाया गुरुङले इलाका प्रशासनमा नागरिकताको लागि निवेदन दिएपछि प्रशासन र जनप्रतिनिधिको टोली घरमै पुगेर नागरिकता दिएपछि अहिले उनको अपाङ्गता परिचय पत्र समेत घरमै पुर्याइएको छ ।

.


वालिङ नगरपालिकाका उप प्रमुख कल्पना तिवारी उनको घरमा पुगेर उनलाई पूर्ण अशक्त रातो परिचय पत्र प्रदान गरिएको छ । घरमै आफ्नो परिचय पत्र पाउँदा उनी निक्कै खुशी देखिन्थिन्। उनी सबै कुरा बुझ्न सक्दिनन रातो कार्ड थमाउदा उनीको अनुहारमा एक प्रकारको खुसि महशुस भएको थियो ।
अशक्तले आफूले पाउने सुविधावाट बञ्चित नहोस भन्दै उपप्रमुख तिवारीले सम्वन्धित वडा अध्यक्ष सुकवहादुर गुरुङ, वालिङ १३ का वडा अध्यक्ष आनन्द पाठक, कार्यपालिका सदस्य जमुना के.सी, नगरपालिका महिला विकास शाखाकी कर्मचारी अनुस्का काफ्ले, स्थानीय समाजसेवी पदम गुरुङ र पत्रकार सहितको टोली सहित घरमै उनको परिचय पत्र प्रदान गरिएको हो ।

हाईमाया मात्र होइन् वालिङ नगरपालिका वाड नं ६ का ३८ वर्षका निल बहादुर रानाको पनि गत चैत्रमा रुखवाट लडेर पूर्ण अशक्त छन् । उनको दिसा पिसाव समेत अर्कैको साहरामा गर्न पर्दछ । उनको शरिरको अधा भाग चल्दैन विस्तरामा रहेका उनको श्रीमतिले परिचय पत्रका लागि नगरपालिकामा निवेदन दिएपछि उनको परिचय पत्र सोही टोलीले हाल बसोवास रहेको वालिङ ६ मिर्दी स्थित घरमै पुगेर पूर्ण अशक्त रातो परिचय पत्र प्रदान गरिएको छ ।

कार्यालयसम्म पुग्न नसक्ने जेष्ठ नागरिक, शारिरिक अपाङ्गता भएकाहरुलाई घरमै पुगेर सेवा दिनुपर्ने सरकारी नीति छ’ परिचय पत्र हस्तान्तरण गर्दै तिवारीले भनिन्, ‘सोही नीति अनुसार घरमै पुगेर अशक्त परिचय पत्र दिएका हौं।’  तिवारीले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले १० प्रकारका शारीरिक समस्या भएका व्यक्तिलाई अपाङ्गताको सूचीमा राखेको जानकारी दिदैं उनीहरुको सेवा सुविधामा स्थानीय तहले कुनै भेदभाव नगरीकन सुविधा प्रदान गर्ने वताइन् । उप प्रमुख तिवारीले हाईमायाको सामाजिक सुरक्षा भत्ताका लागि वडा कार्यालयमा सम्पर्क गर्न समेत उनकी दिदीलाई जानकारी गराइन् ।
हालसम्म वालिङ नगरपालिकामा दुई सय चार जना भिन्न क्षमताका नागरिक सुचिकृत भएका छन् । जस अनुसार पूर्ण अशक्त क वर्गका ३३ जना, अति अशक्त ख वर्गका एक सय जना, मध्यम अशक्त भएका ग वर्गमा ५५ जना र सामान्य अवस्थाका घ वर्गका १६ जना नगरपलिकामा सुचिकृत गरिएको महिला विकास शाखाकी कर्मचारी अनुस्का काफ्लेले जानकारी दिइन् ।
यसरी वितरण गरिएको परिचयपत्र अनुसार सामाजिक सुरक्षा भत्ता वापत मध्यम अपाङ्गता भएका व्यक्तिले मासिक १६ सय पाउने छन् भने पूर्ण अपाङ्गता भएकाले तिन हजार पाउने प्रावधान रहेको छ ।  

.

Facebook Comments Box
TOP