नेपाल जेसीज क्षेत्र ख सम्मेलन शुरु : अनलाइन मार्फत कन्फ्रेन्सको शुरुवात।

स्याङ्जा : नेपाल जेसीज क्षेत्र ख सम्मेलन आज बाट शुरु भएको छ । नेपाल जेसीजको आयोजना र वालिङ जेसीजको आथित्यतामा आयोजित कार्यक्रममा पुर्व मन्त्री एवम् संघीय सांसद माननीय गगन थापाले जनसंख्याको हिसाबले नेपाल युवा छ र यो २० वर्षसम्म रहनेछ र यहि अवधिमा देशलाई समृद्ध बनाउनु छ भन्नुभयो । उहाँले कोविड १९ को विभिन्न प्रसंङ्ग जोड्नुहुदै सतर्कता सहित सक्रिय रहेर हामी कोविडसंग लड्नुपर्ने कुरा बताउनु भयो । उहाँले देशलाई आर्थिक संकटबाट मुक्त गराउन जेसीजले संस्थागत रूपमा र व्यक्तिगत रुपमा लाग्नुपर्ने र संकटलाई अवसरको रूपमा बुझ्दै अघि बढ्न आव्हान गर्नुभयो ।

.

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अशोक शंकरले बोल्नुहुँदै प्रतिकुल समयमा पनि जेसिजहरु मानवताको सेवामा लागिरहेका छौँ । अब विचारलाई काममा बदल्नुपर्छ, समाजमा उत्कृष्ट र सकारात्मक युवाको रूपमा स्थापित हुनु जेसिजको उदेश्य हो भन्नुभयो । कार्यक्रममा भिर्कोट नगरपालिकाका प्रमुख छायाराम खनाल, वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँड, चापाकोट नगरपालिकाका प्रमुख शिव गिरी, गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारी, वालिङ नगरपालिकाका नगर उपप्रमुख कल्पना तिवारी, वालिङ जेसीजको मातृशाखा पोखरा जेसीजका अध्यक्ष शिव सापकोटा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

.

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य माधब ढुङेल, संविधानविद एवम् राजनीतिक विश्लेषक डा भिमार्जुन आचार्यले नेपाल जेसीज वर्ष २०२० को राष्ट्रिय प्रकरण फ्यामिली, फ्रेन्डस एण्ड फ्युचर (family, friends & future)प्रकरणमा आफ्ना धारणाहरु राख्नुभएको थियोे ।

जेसीआई नेपालका पुर्व राष्ट्रिय अध्यक्ष विकल शेरचनले २०२० को प्रकरण फ्यामिली, फ्रेन्डस एण्ड फ्युचर शिर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रममा आमन्त्रित पाहुनाहरु, नेपाल जेसीजका वर्तमान राष्ट्रिय कार्यसमितिका पदाधिकारीहरु, देशभरिका शाखा अध्यक्षहरु एवम् कार्यसमितिका पदाधिकारीहरु, पुर्व राष्ट्रिय अध्यक्षहरु, पुर्व पदाधिकारीहरु, पत्रकार गरि ५ सय भन्दा धेरै जनाको सहभागिता रहेको थियोे ।

वालिङ् जेसीजका पुर्व अध्यक्ष एवम् सम्मेलन निर्देशक दिपक लम्सालले कोविड १९ ले निम्त्याएको परिस्थितिलाई चुनौतीको रूपमा मात्रै नभई एक अवसरको रूपमा लिदै यो सम्मेलन गरेको कुरा बताउनु थियोे । नेपाल जेसीज क्षेत्र ख निरुपित कार्यकारिणी उपाध्यक्ष लालमणी भण्डारीको अध्यक्षता कार्यक्रम रहेको थियोे । उहाँले जेसीज मुल्यमान्यताको बारेमा बताउदै वालिङ जेसीजका कार्यहरुको प्रशंसा गर्नुभयो ।

.

वालिङ जेसीज वर्ष २०२० का अध्यक्ष होमकान्त गौतमले अतिथिहरुको स्वागत गर्नुभएको थियोे । कार्यक्रम वालिङ् जेसिजका पुर्व अध्यक्ष जेसी शान्ता थापाको संचालनमा रहेको थियो । नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष कार्यक्रम भोलि सम्म जारी रहनेछ । सम्मेलनमा प्रकरण गोष्ठी, साधारण सभा, वक्तृत्वकला, पुरस्कार वितरण लगायतका कार्यक्रम रहनेछन् । देशभर १५६ शाखा रहेको नेपाल जेसीज अन्तर्राष्ट्रिय संस्था जेसिआईको संबन्धन प्राप्त संस्था हो ।

.

Facebook Comments Box
TOP