स्याङ्जा कारागारका ५ कैदीबन्दीको कैद मिनाह ।
भवानी अधिकारी/स्याङजा : संविधान दिवसको अवसरमा स्याङ्जा कारागारका ५ जना कैदीबन्दीले शनिवारदेखि कैद मिनाह पाएका छन्। चोरी र गौबधको अभियोगमा ५० प्रतिशत कैद समय भुक्तान गरेका उनीहरुको ५० प्रतिशत कैद सजाए मिनाह भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयाे ।
माफिमिनाह पाउनेमा अर्जुनचौपारी गाउँपालिकाका शंकर खत्री र पितम केसी खत्री, पुतलीबजार नगरगालिका डमबहादुर गुरुङ र फत्तबहादुर भुजेल र चापाकोट नगरपालिकाका लाबबहादुर सार्की रहेका छन्। लालबहादुर सार्की गौबध र अन्यको भने चोरी अभियोग भएको कारागार प्रमुख चुडामणी भण्डारीले बताउनु भयाे ।
नेपालको संविधान बमोजिम मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी दिइएको हो। उनीहरुको कैद मिनाह भएसँगै जिल्ला कारागारमा अव १ सय ४३ पुरुषसहित १४ जना महिला गरी १ सय ५७ कैदीबन्दी रहनेछन्।
समाचार
थप सामाग्री
प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, आय स्रोत सामाजिक सञ्जाल
४ हप्ता अगाडि
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको…


