स्याङ्जा कारागारका ५ कैदीबन्दीको कैद मिनाह ।

भवानी अधिकारी/स्याङजा : संविधान दिवसको अवसरमा स्याङ्जा कारागारका ५ जना कैदीबन्दीले शनिवारदेखि कैद मिनाह पाएका छन्। चोरी र गौबधको अभियोगमा ५० प्रतिशत कैद समय भुक्तान गरेका उनीहरुको ५० प्रतिशत कैद सजाए मिनाह भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयाे ।
माफिमिनाह पाउनेमा अर्जुनचौपारी गाउँपालिकाका शंकर खत्री र पितम केसी खत्री, पुतलीबजार नगरगालिका डमबहादुर गुरुङ र फत्तबहादुर भुजेल र चापाकोट नगरपालिकाका लाबबहादुर सार्की रहेका छन्। लालबहादुर सार्की गौबध र अन्यको भने चोरी अभियोग भएको कारागार प्रमुख चुडामणी भण्डारीले बताउनु भयाे ।
नेपालको संविधान बमोजिम मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी दिइएको हो। उनीहरुको कैद मिनाह भएसँगै जिल्ला कारागारमा अव १ सय ४३ पुरुषसहित १४ जना महिला गरी १ सय ५७ कैदीबन्दी रहनेछन्।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…