स्याङ्जामा चार वटा अवैध बन्दुक सहित दुई जना पक्राउ ।
स्याङ्जा :
स्याङ्जा अवैध भरुवा बन्दुक सहित दुई जना पक्राउ परेकाछन् । पुतलीबजार नगरपालिका वडा नम्वर ७ मोहोरियाका भिम बहादुर ठकुरी र सोही ठाँउ कै ओम बहादुर हमाल भरुवा बन्दुक सहित पक्राउ परेकाहुन् ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले आआफ्ना घरमा लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
भिम बहादुर ठकुरीको घरबाट भरुवा बन्दुक एक थान, एक नाले १२ बोरको बन्दुक एक थान, टोटा दुई थान,फलामको खाली टोटा दुई थान,छर्रा भरेको टोटा एक थान, बारुद आठ सय ८० ग्राम,फलामको छर्रा ९८ थान, केप थान ६८ थान, ग्रिस डिव्वा र फलामको पाता एक एक थान बरामद भएको प्रहरी जनाएको छ ।
त्यस्तै ओम बहादुर हमालको घरबाट एक नाले भरुवा बन्दुक दुई थान बारुद २६ ग्राम,पटका ४८ थान,केप थान ८० र छर्रा बाह्र थान बरामद भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै जनालाई हातहतियार खरखजना सम्वन्धी कसूर मुद्धा दर्ता गरी जिल्ला अदालतबाट २५ दिनको म्याद थप भएको प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


