स्याङ्जामा गाँजा सहित तीन पक्राउ
प्रकाश डोटेल/स्याङ्जा :
स्याङ्जामा अबैध लागुऔषध (गाँजा) सहित ३ जना पक्राउ परेका छन् । पक्राउ परेकाबाट ५ सय ४८ ग्राम गाँजा फेला परेको छ ।
गाँजा सहित पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका वडा नं. ८ का बिनबहादुर सिंह, भारतको बेतिया जिल्ला वडा नं. १० चैलाभार पश्चिम बिहार घर भई हाल पुतलीबजार नगरपालिका वडा नं. ३ बस्ने वर्ष २५ का संजिबकुमार सिंह र वर्ष १८ का रहमदिन आलम रहेका छन् ।
गाँजा सहित पक्राउ परेका भारतीय नागरिकसँग १ सय २ ग्राम गाँजा भेटिएपछि सोधपुछ गर्दा सिंहसँग गाँजा खरिद गरेको बताएपछि उनी पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
पक्राउ परेको तीनै जनाको जिल्ला अदालतबाट १५ दिनको म्यदा थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


