भीरकोटका युवाहरुले गरे पर्यटकीय स्थल स्वरेक मैदानको सरसफाई ।

कमल रेग्मी/भीरकोट :
भीरकोट युवाहरूले भीरकोट-५ स्वरेकमा रहेकाे देशकै अब्बल एवं उत्कृस्ट पर्यटकीय तथा रमणीय स्थल स्वरेक मैदानको सरसफाइ गरेका छन्।
भीरकोट युवा आवाजको सक्रियतामा भएको कार्यक्रममा स्थानिय महिला, बृद्धबृद्धा, शिक्षक, समाजसेबी, विद्यार्थी, मैदान बिकास समितिका प्रतिनिधि साथसाथै वडा प्रतिनिधिको समेत सहभागीता रहेको थियो।
भौतिक दुरी कायम गराई स्वास्थ्य सुरक्षा मापदण्डको प्रयोग गरि गराई करिब ४० जनाको उपस्थिती रहेको उक्त कार्यक्रमको औपचारिक सन्चालन भीरकोट युवा आवाजका सचिब सरोज अधिकारीले गर्नुभएको थियो। उहाँले सामाजिक कार्यमा यस क्लबले समय संगसङ्गै आफ्नो कार्यक्षेत्र फैलाउदै लाने कुरा विस्वस्त पार्नुभयो।
कार्यक्रममा स्वागत तथा शुभकामना मन्तब्य दिदै युवा आवाजका संस्थापक अध्यक्ष कृष्ण अर्यालले यस्ता खालका सम्पूर्ण कार्यहरुमा स्थानियको जरुरत हुने हुनाले त्यहाँ उपस्थित सम्पुर्णलाई धन्यबाद दिदै आगामी कार्यक्रममा पनि सबैसँग हातमा हात मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो। यसै गरि आज सम्पन्न उक्त कार्यक्रमको सम्पूर्ण यथार्थ प्रतिवेदन नगरपालिकालाई बुजाइ आवश्यक डस्ट्बिनको प्रवन्ध मिलाउन साथ साथै नियम भङ्ग गरि फोहोर गर्ने, अन्यैतिक गतिबिधिमा संग्लग्न हुनेलाई दण्ड, जरिवानाको प्रबन्ध मिलाउन अनुरोध गर्ने कुरा यसै अभियानका संयोजक तथा उक्त क्लबका कार्यसमिति अध्यक्ष सुनिल अर्यालले गर्नुभयो।
मैदान हिजोको दिनमा जे जस्तो रहे पनि अब यस्को बिकासका लागि डिपिआर रुपि रेल लिकमा चडिसकेको र अब रेल तिब्र गतिमा अघि बढ्ने कुरामा कुनै सन्देह नरहेको जनाउदै सम्पुर्ण मैदानको चौर भरी तारबार गरि निगरानीको लागि स्थानियलाई राखेर रोजगार समेत प्रदान गर्ने कुरा लक्षित रहेको कुरा यस कार्यक्रम का प्रमुख अतिथी एवं भीरकोट नगरपालिका वडा नं ५ का अध्यक्ष याम प्रसाद अधिकारीले प्रस्ट पार्नुभयो। स्थानिय मैदान वासी जना समुदायले पनि कार्यक्रम एकदम उत्साहजनक भएको र अबको दिनमा आफ्नो ठाउँ आफै राम्रो बनाउने कुरामा कत्ती पनि बिचलित नहुने कुरा जनाउनु भएको थियो।
समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…