कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना पुष्टि ।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोइरालालाई तीन दिन पहिले ज्वरो आएको थियो । सोमबार हेम्स अस्पतालमा पिसिआर परिक्षण गराउदा कोरोना पोजेटिभ रिपोर्ट आएको उहाँका स्वकिय सचिव भरत तिवारीले जानकारी दिनुभयो । मंगलबार पुन: कोरोना परिक्षण गराउदा कोइरालाको रिपोर्ट पुनः पोजेटिभ नै आएको छ ।
उहाँका परिवारका सदस्य र सहयोगीहरुसहित १९ जनाको स्वाब परिक्षण गरेकोमा महामन्त्री कोइरालाको मात्र पोजेटिभ रिपोर्ट आएको छ । काेइराला अहिले आफ्नै निवास महाराजगंजमा होम आइसोलेसनमा बसिरहनुभएको छ ।
अहिले स्वाथ्यमा कुनै पनि समस्या नभएको र आफुसंग प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णलाई सजगता अपनाउन कोइरालाले सामाजिक संजाल मार्फत समेत अनुरोध गर्नुभएको छ ।
.

समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…