कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना पुष्टि ।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोइरालालाई तीन दिन पहिले ज्वरो आएको थियो । सोमबार हेम्स अस्पतालमा पिसिआर परिक्षण गराउदा कोरोना पोजेटिभ रिपोर्ट आएको उहाँका स्वकिय सचिव भरत तिवारीले जानकारी दिनुभयो । मंगलबार पुन: कोरोना परिक्षण गराउदा कोइरालाको रिपोर्ट पुनः पोजेटिभ नै आएको छ ।
उहाँका परिवारका सदस्य र सहयोगीहरुसहित १९ जनाको स्वाब परिक्षण गरेकोमा महामन्त्री कोइरालाको मात्र पोजेटिभ रिपोर्ट आएको छ । काेइराला अहिले आफ्नै निवास महाराजगंजमा होम आइसोलेसनमा बसिरहनुभएको छ ।
अहिले स्वाथ्यमा कुनै पनि समस्या नभएको र आफुसंग प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णलाई सजगता अपनाउन कोइरालाले सामाजिक संजाल मार्फत समेत अनुरोध गर्नुभएको छ ।
.

समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
१ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


