७ बर्षमा २० प्रतिशत पनि बनेन् सेतीदोभान पुल ।


भवानी अधिकारी/स्याङ्जा :
झण्डैं ७ बर्षअघि निर्माण सुरु भएको सेतीखोलाको मोटरेवल पुल अझै अलपत्रै छ। दुबैतर्फका खोला किनारमा पुलको फाउण्डेशन तयारी हुदैको अवस्थामै रहेको पुल यतीकै छाडिएको छ। दुबैतर्फका किनारमा फलामका रड ठडिएका छन्।
पुल वरपर रहेका फलाम, ब्लक, रड, सिमेन्ट, मिस्चर मेशिन, जेनेरेर, काठ तथा फलामे सटिङ्का सामाग्री यत्रतत्र छन्। सामान राख्ने गोदाम कक्षमा घाँस र झाडीले घेरिएकोछ। लाखौं मूल्यका सामाग्री नष्ट हुदै गएको छ।
आँधीखोला गाउँपालिका ५ स्थित सेतीदोभानमा निर्माण सुरु भएको मोटरेबल पुल बन्दाबन्दै रोकिएको हो। इष्टमेट अनुरुप पुल बनेको भएको यहाँका स्थानीयबासीले ५ बर्षअघिदेखि उपयोग गर्न पाउनेथिए।
निर्माणकार्य सुरु हुदैं पटक÷पटक रोकिँदै आएको पुल निर्माणको करिब २० प्रतिशत काम पनि पुरा भएको छैंन्। मुलुककै पहिलो होमस्टे सिरुवारी जोड्नेगरी थालनी गरिएको मोटरेबल पुल पुनर्निर्माण कार्य अहिले ठप्पै छ।
कान्छाराम आशीष जेबीले निर्माण कम्पनीले जिम्मेवारी पाएको हो। चालिस मिटर लम्वाई र ७ मिटर चौडाईको सो पुल ३ करोड २७ लाखको लागतमा २ बर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो।
लामोसमयसम्म पुल बन्न नसक्दा यहाँका सयौं ब्यक्तिलाई सेतीखोला वारपार गर्न कठिनाई भएको छ। सेतीखोला पारीका बस्तीमा खाद्यान्न तथा अन्य ढुवानीका लागि समस्या छ। अहिले पनि खाद्यान्न तथा अन्य सामाग्री ढुवानीका लागि खोलामै ट्याक्टर हेलिएर लाने र ल्याउने गर्छन्।
०७१ असोज २६ गते सम्झौता गरिएको मोटरेबल पुल ०७३ असोज २५ गते सक्नुपर्ने थियो। तर, निर्माण कार्यसुरुको ५÷६ महिनापछि रोकिन सुरु भएको हो। सम्झौता अनुरुप ४ बर्षअघि हस्तान्तरण गर्नुपर्ने थियो।
‘पुल अत्यावश्यक ठाउँमा बन्न लागेको छ, ठेकेदारको ढंग नपुग्दा स्थानीयबासी मर्कामा परेका छन्’ आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले बताए । उनले भने ‘सडक बिभागले कि क्यान्सिल गर्नु परयो कि त छिटो बनाउनु परयो।’
पहिलो पटक पुलको फाउण्डेशनपछि काम रोकिएको थियो। निर्माणकर्ताले पुनःमूल्याकनगरी निर्माण गरे । फेरि दोश्रो पटक रडको गुणस्तरीयतामा प्रश्न उठेपछि अहिले ती काम यतीकै थातीरहेको सेतीदोभान निवासी बाबुराम ढकालले जानकारी दिए।
पुलको रेखदेखको समेत जिम्मेवारी पाएका ढकालले भने ‘सटिङका लागि रड बनाउने इन्जिनियर नेपालमा नभएका कारण पुल निर्माणकार्य रोकिएको हो।’ दोस्रो पटक फाउण्डेशनका पिलर भरेर पुलको मुख्य बिम ढलान गर्ने तयारीका बेला रड सानो भएको भनी सडक बिभागले रोकेको थियो।
पुल निर्माणपछि पोखराबाट शिरुवारी आउने आन्तरिक तथा बाह्य पर्यटक २५ किलोमिटर यात्रापछि सजिलै पुग्छन्। तर, अहिले भने यसको झण्डै दोब्बर यात्रा गर्न वाध्य छन्।
गाउँपालिकाको अध्यक्ष सुधीरकुमार पौडेलको पहलमा, ठेकेदार ऋषिराम गौतम र सडक डिभिजन कार्यालय पोखराबीच म्याद थपसँगै ठेक्काको बजेट बढाउने सम्झौता भएपछि पुनः काम थालिए पनि मापदण्ड नपुगेको भन्दै विरोध जनाएपछि पुनः काम रोकिएको हो।
आँधीखोलामा निर्माणाधीन पुलले सडकलाई सेतीदोभान बजारसँग जोडेको छ। पुल अलपत्र अवस्थामा हुँदा जावतआवतमा समस्या हुनुका साथै खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानीमा कठिनाई हुनुका साथै लागत पनि बढेको उपाध्यक्ष शर्मिला पौडेलले बताईन्।
उनले भनिन् ‘पुल छिटै बनाउने बारेमा छलफल भैहरहेको छ। दरौ, पञ्चमूल, आरूचौर, चिलाउनेवास, विचारीचौतारा, फापरथुम र पर्वतका सिमाका वडाहरु समेत प्रत्यक्ष लाभान्वित हुनुका साथै नेपालकै पहिलो ग्रामिण पर्यटकीय क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन पाउनेथियौं।’

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP