स्कुल अफ डेमोक्रेसीद्धारा पुतलीबजार र जिल्ला अस्पताललाई सेनीटाइजर स्याण्ड मेशिन हस्तान्तरण
भवानी अधिकारी/स्याङजा :
स्कुल अफ डेमोक्रेसी स्याङ्जाले पुतलीबजार नगरपालिकालाई सेनीटाइजर स्ट्याण्ड मेशिन प्रदान गरेको छ । खुट्टाको सहायताले सेनीटाइजर
स्कुल अफ डेमोक्रेसी स्याङ्जाका अध्यक्ष अनुप श्रेष्ठले नगरप्रमुख सीमाकुमारी क्षेत्रीलाई सो मेशिन हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गरिएको मेशिन कार्यालयको प्रमुख ढोकामा राखिएको छ । जसले कार्यालय भित्र जादा वा वाहिर निस्कदा प्रयोग गर्न सकिन्छ ।
खुट्टाको सहायताले सेनीटाइजर खोलीने हुदाँ हातले खोल्नु पर्ने झन्झट नहुने हुदा संक्रमण फैलने जोखिम पनि कम हुने श्रेष्ठको भनाई छ ।
नेपाली कांग्रेस जिल्ला प्रवक्ता ईन्द्र गोदार, नगर सभापति वेदप्रसाद दोरंगा, स्कुल अफ डेमोक्रेसी स्याङ्जाका सदस्य अनिल ढकाल लगायतले पुतलीबजार नगरपालिकामा पुगेर ती सेनीटाइजर सहित स्टयाण्ड मेशिन प्रदान गर्नुभएको हो ।
.

यसैगरि, केही दिनअघि स्कुल अफ डेमोक्रेसीले जिल्ला अस्पतालमा पनि मेशिन हस्तान्तरण गरेको थियो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्मा र अस्पताल प्रमुख डा. सुशिल मरासीनी सहितको टोलीलाई सो मेशिन हस्तान्तरण गरिएको हो ।
डेम्रोक्रेसीले जिल्लाका सबै स्थानीय तह यस्ता मेशिन उपलब्ध गराउने जनाएको छ ।
लोकतन्त्र मजबुद बनाउँदै आम नागरिकका हक, हित र अधिकारको संरक्षणका लागि गठित स्कूल अफ डेमोक्रेसी स्याङ्जाले स्थापनाका छोटो समयमै राम्रा कामवाट आफनो यात्रा सुरु गरेको छ ।
समाचार
थप सामाग्री-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
-
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
-
स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।
-
आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट सुरु हुँदै ।
२ दिन अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा…


