आज बिहबार कस्तो छ समय, हेर्नुहोस् राशिफल

rasifal


मेष– अनौठो तरिकाबाट रुपैयापैसा कमाइने छ, आज रमाइलो यात्राको योग पनि रहेको छ, । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ ।

वृष– आज तपाइलाइ सामान्य रोगले सताउला सावधान रहनु होला साथै भौतिक सरसामनको पनि क्षति हुने दिन छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ, भौतिक साधनको पनि क्षति हुने दिन छ होस पुर्याउनु होला ।

मिथुन– बन्देैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ, आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ । नसोचेको आफन्तसग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ, सोचे अनुसार काम सम्पन्न भने हुदैन ।

कर्कट– आम्दानीका प्रशस्तै बाटाहरु ख्ुाल्ने दिन छ, ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ ।

सिंह– काम गर्न जागर आउनाले धनको लाभ होला, सन्तान पक्षबाट सुखको अनुभुति पनि हुनेछ । नया काम सम्बन्धि योजना बनाउदा फाइदा हुन सक्छ, साथै ब्यापारब्यवसाय बाट पनि लाभ मिल्ने देखिन्छ ।

कन्या– विचार बढने समयमा निर्णय नहुदा काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ ।

तुला– धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिन ेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

वृश्चिक– परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ, कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ ।

धनु– आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ।

मकर– पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा बिचार पुर्याउनु होला । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।

कुम्भ– तपाइको बुद्घिको सहि प्रयोग भइ चिताएका काममा सफलता पाइने योग छ, अन्नको लाभ पनि होला । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ, आज कसैबाट समर्थन एवम धन पाइने दिन छ ।

मीन– धनको लाभ अर्थात रुपैया पैैसा कमाइने दिन छ, पुराना साथीसंगको भेटघाटले मन रमाउने छ । आज तपाइलाइ अनौठो तरिकाबाट धनलाभ हुन सक्छ, परिवारबाट सुखको अनुभुति पनि मिल्ला ।

बिशेष :

बिशेष काम गर्ने राम्रो समय बिहान 11:30 देखि दिउसो 12:30 बजे सम्म छ, यो समय चन्द्र होरा,लाभ बेला, अभिजित मुहूर्त संग संगै जस्तो पर्छन ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /

राहु काल दिउसो 1:36 बजे देखि 03:05 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ / य़ी समयहरु नेपालको आधिकारिक समयहरु हुन् पात्रोमा दिएको समय अन्तर गराउनु होला पूर्व वा पश्चिम घटाउनु वा जोड्नु होला ।

आत्यवस्यकिय काममा यात्रामा जादा वा गर्भवती महिलाले पहेला खानेकुरा र लाउने कुराको प्रयोग गर्नु होला यसले तपाईंको मनोबल बढ्छ साथै दहि वा यी बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।

आत्यवस्यकिय काममा आज यात्रामा निस्कदा केहि पश्चिम दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

सहित जुरेका कामहरु बिद्या, नया लुगा लाउन, धार्मिक कार्य, यात्रारम्भ, औषधी निर्वाण, गहना लाउने, लामो समय सम्म रहिरहने स्थिर कर्म जस्तो, घर बनाउने, बिउ छर्ने फुल बोटबिरुवा रोप्ने काम, पितृ कार्य गर्न आजलाई राम्रो छ /

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP