‘भू–सेवा केन्द्र’ मार्फत सेवा दिदै पुतलीबजार नगरपालिका

पुतलीबजार नगरपालिकाको कार्यालयले नगरपालिका भित्रका आफ्ना सेवाग्राहीहरुलाई भू–सेवा केन्द्र मार्फत सेवा दिदै आएको छ । मालपोत सेवालाई चुस्त र दुरुस्त तरिकाले सेवा दिने बताउदै मालपोत कार्यालयमा भू–सेवा केन्द्र स्थापना गरि सेवा दिदै आएको हो ।
मालपोतको सेवा लिँदा पुतलीबजार नगरबासीहरुले धेरै दुःख पाएकोले सेवा चुस्त र दुरुस्त बनाउन मालपोत कार्यालयमा भू–सेवा केन्द्र स्थापना गरिएको पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सिमा कुमारी क्षेत्रीले बताउनु भयो । उहाँले मालपोत कार्यालयमा पालीकाकै कर्मचारीबाट सेवा दिदा सेवाग्राहीहरु सन्तुष्ट रहेको बताउनु भयो ।
मालपोत कार्यालयमा कामगर्न जाँदा लेखपढी गर्नेहरुले आफ्ना सेवाग्राहीहरुलाई अनावश्यक दुःख दिएकोले मालपोत कार्यालयमा आफ्नै कर्मचारी मार्फत सेवा उपलब्ध गराएको नगरपालिकाको कार्यालयले जानकारी दिएको छ । पुतलीबजार नगरपालिकाले भू–सेवा केन्द्रमा सुब्बा पार्वती पराजुली मार्फत सेवा दिदै आएको छ ।
पुतलीबजार नगरपालीकाको सहकार्यमा मालपोतमा भू–सेवा केन्द्र स्थापना गरि सेवा प्रदान गरिएको मालपोत कार्यालयका अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो । मालपोत अधिकृत पौडेलले मालपोतमा आवश्यक पर्ने संरचना पुतलीबजार नगरपालिकाले स्थापना गरिदिए पश्चात भू–सेवा केन्द्र राख्न सजिलो भएको बताउनु भयो ।
मालपोत कार्यालय स्याङजाले हाल पुतलीबजार नगरपालिका, भिरकोट नगरपालिका, आधिखोला गाउपालिका, अर्जुनचौपारी गाउपालिका, फेदीखोला गाउपालिका, हरिनास गाउपालिका र विरुवा गाउपालिकाको काम गर्दै आएको छ । मालपोत कार्यालयबाट एक दिनमा करिब ५०÷६० जनाले सेवा लिदै आएको मालपोत कार्यालयले जानाएको छ ।
भू–सेवा केन्द्र मार्फत काम गर्दा सेवाग्राहीहरुलाई सजिलो हुने मालपोतका सेवाग्राही पुतलीबजार नगरपालिका–११, उनियाचौरका खडानन्द लामिछानेले आफ्नो अनुभव बताउनु भयो । सेवाग्राही लामिछानेले लेखन्दास मार्फत काम गर्दा धेरै रकम तिर्नुपर्ने बताउदै पालिकाले स्थापना गरेको भू–सेवा केन्द्रबाट काम गर्दा पालिकाले तोकेको भन्दा बढी रकम तिर्नु नपर्ने स्पष्ट पार्नु भयो ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…