कम्पोष्ट मल बनाउन पुतलीबजारद्धारा बाल्टीन वितरण
रोशन लामिछाने/स्याङजा :
स्थानीयहरुको घर घरबाट निस्कने फोहोर व्यवस्थापन गर्न पुतलीबजार नगरपालिकाले एक कार्यक्रमका विच कम्पोष्ट मल बनाउन मिल्ने बाल्टीन वितरण गरेको छ । पुतलीबजार नगरपालिकाको ५० प्रतिशत लगानीमा करिब १ सय ५० थान कम्पोष्ट मल बनाउन मिल्ने बाल्टीन वितरण गरेको हो ।
नगरपालिकाले कृषकहरुको चाहाना अनुसार काम गर्दै आएको बताउदै पुतलीबजारकी नगरप्रमुख सिमा कुमारी क्षेत्रीले कम्पोष्ट मलले कौसीमा तरकारी खेती गर्दै आएका कृषकहरुलाई टेवा पुग्ने बताईन् । पुतलीबजार नगरपालिकामा महिला गृहिणीहरुले कौसीमा तरकारी खेती गर्दै आएका छन् ।
नगरप्रमुख क्षेत्रीले कम्पोष्ट मल बनाउने हरियो बाल्टीन वितरण प्रभावकारी भएमा अन्य वडाका किसानहरुलाई पनि हरियो बाल्टीन वितरण गर्ने जानकारी दिईन् । नगरपालिकाले पहिलो चरणमा पुतलीबजार नगरपालिकाका १, ३ र १० नं.का वडाहरुमा रहेका किसानहरुलाई वितरण गरेको थियो ।
मेयर क्षेत्रीले नगरपालिकाले वितरण गरेका सबै प्रकारका सेवा तथा सुविधाहरुलाई भरपुण तरिकाले उपयोग गर्न कृषकहरुलाई अनुरोध गरिन् । उनले नगरपालिकाले गरेका क्रियाकलापहरुलाई सबैले सहयोग गरेर सफल बनाउनु पर्नेमा जोड दिदै रचनात्मक सुझाव दिन कृषकहरुलाई सुझाईन् ।
कम्पोष्ट (झोल) मल बनाउने तरिका सिकाउन उद्यम चौतारीका संचालक ऋषीराम पौडेलले सहजीकरण गरेका थिए । पौडेलले भान्सा कोठाबाट निस्कने फोहोरबाट झोल मल बनाउन सकिने जानकारी दिदै गृहिणी महिलाहरुले मल बनाएर करेसावारीमा प्रयोग गर्न सक्ने बताए ।
कौसीमा तरकारी खेती गर्दै आएकी पुतलीबजार नगरपालिका ३ शिक्षाचोककी इन्द्रा कुमारी सिंहले झोल मल उत्पादन भए सगै तरकारी खेती विस्तार गर्ने बताईन् । उनले पुतलीबजार नगरपालिकाले कम्पोष्ट मल तयार गर्ने बाल्टीन दिएर राम्रो काम गरेको बताईन ।
समाचार
थप सामाग्री
साहित्यकार अर्याल र पल्लव सम्मानित
२ हप्ता अगाडि
वालिङ: साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा…


