स्याङ्जामा फल्यो जापानीज र अष्ट्रेलियन सुन्तला ।

भवानी अधिकारी/स्याङ्जा : स्याङ्जामा अब केही दिनमै ताजा सुन्तला खान पाइने भएको छ। बोटबाटै टिपेर खान पाइनेगरी यहाँका किसानले सुन्तला फलाएका छन्। अहिले ती सुन्तला पाकेर पहेंला देखिएका छन्।

यहाँका केही किसानले उन्सु, खोकु, मर्कट, मुन्तला र स्थानीय जातको सुन्तला हुर्काएर फलाएपछि लगभग वर्षभरि नै बोटबाटै सुन्तला टिपेर खान सकिने भएको हो। सुन्तला उत्पादनका लागि उपयुक्त हावापानी भएको स्याङजामा स्थानीयलगायत जापानीज र अष्ट्रलियन उन्सु जातका सुन्तलाको उत्पादन पनि राम्रो देखिएको छ। 

प्रायजसोः स्थानीय सुन्तला मंसिरदेखि खानयोग्य मानिन्छ। फागुनसम्ममा यी सुन्तला टिपेर सकिसकेका हुन्छन। व्यापारी तथा शितभण्डारण गर्नेले बाहेक अन्यले स्थानीय जातका सुन्तला लामो समयसम्म राख्न सक्दैनन्। बोटमै सुन्तला राखिरहदा अर्को वर्षको फललाई असर पुग्ने सुन्तला सुपरजोनका पूर्वअध्यक्ष फणिनारायण अर्यालले बताए। 

स्थानीय जातका सुन्तला अहिले स-साना र हरिया दाना भएका छन्। तर, उन्सु भने पाकेर पहेंला पहेंला देखिएका छन्। अर्जुनचौपारी गाउँपालिकाका फणिनारायण अर्याल, पुतलीबजारका कृष्णप्रसाद अर्याल र रामबन्धु अर्याल, दुर्गबहादुर शाह, बोधराज अर्याल, ऋषिकुमारी अर्याल, विश्वप्रेम अधिकारी लगायतका बारीमा अहिले जापानीज उन्सु पाकेर पहेलैं भएका छन्। 

किसानले वर्षको ३/४ महिना बाहेक बाँकी महिना ताजा सुन्तला खान र खुवाउन सफल छन् । केही वर्ष पहिला तालिममा गएका बेला ल्याएका बिरुवाले फल दिएका हुन्। राम्रो उत्पादन दिन थालेपछि किसानले बिरुवा विस्तार गरेका छन्।  कलमी बनाएर पनि उत्पादन बढाउँदै आएको मायाटारीका बोधराज अर्याल भन्छन्।

उनीहरुका बारीमा अहिले साउन/भदौमा पाक्ने जापानीज/अष्ट्रेलियन जातको उन्सु सुन्तला र असोजमा पाक्ने धनकुटाको स्थानीय जातको खोकु सुन्तलाका दाना पहेंला पहेंला भएका छन्। भदौदेखि खान सकिने उन्सु जातका यी सुन्तलाका दाना ठूल्ठूला र निकै स्वादिला हुन्छन्। 

सुन्तला खेतीका लागि उर्वर क्षेत्र रहेको स्याङ्जाका किसानले बर्षको ८/९ महिना नै बोटबाटै टिपेर ताजा सुन्तला खान सक्नेगरी सुन्तला खेतीमा जुटेको हुन। किसानका अनुसार  गमला, छत वा फुलवारीमा समेत यी जातका सुन्तला सजिलै फल्छन्।  

रामबन्धु अर्यालको ६ रोपनी जग्गामा ३ सय वोट उन्सु सुन्तला रोपेका छन्। दुई सय बोटले फल दिएको उनले बताए। ‘स्थानीय सुन्तला भन्दा ठूला दाना, हरियो फलमै खान मिल्ने, भित्र बियाँ कम हुने, ठूल्ठूला दाना भएका उन्सु सुन्तला अहिले निकै स्वादिलो हुन्छ । वेमौसमको ताजा फल खोसाखोस हुन्छ,’ अर्यालले भने । 
करिब १० वर्षदेखि स्याङजामा उन्सु, मुन्तला, खोकु जातका सुन्तला खेती विस्तार भएका हुन। बर्षेनि यहाका किसानले स्थानीय जातका सुन्तलासंगै यी सुन्तलालाई पनि प्रवद्र्धन गर्दे गएको सुन्तला खेतीका जानकार फणिनारायण अर्याल भन्छन्। 

आकारका मध्यम स्तरको बोट हुने यी सुन्तलाका प्रति बोटले २० देखि ३० किलोसम्म उत्पादन दिने ऋषिकुमारी अर्यालले बताइन्।  बेमौसममा ताजा सुन्तला खान पाइने बताउदै उन्सु सुन्तला खेती बिस्तारमा जुटेको उनी बताउँछिन । कलमी गर्दै बर्षैपिच्छे बिरुवा थप रोप्दै आएको उनको भनाइ छ। 

यी सुन्तला गमला, करेसावारी, फुलवारीमा पनि रोप्न सकिन्छ। रोपेको २/३ वर्षमै फल दिने हुदाँ यसतर्फ किसानको चासो बढेको छ । स्याङ्जामा उत्पादित स्थानीय सुन्तला र उन्सु जातको सुन्तलाको फुल एकै मौसम फागुन/चैतमा फुल्छ, तर उन्सु सुन्तला असोजमै पाकेर खान तयार हुन्छ भने स्थानीय जातको सुन्तला पुससम्म कुर्नै पर्छ । उन्सु जातको सुन्तला ५ महिनामै खान तयारी हुन्छन्।  

किसानले माघ फागुनमा खान योग्य हुने कर्मट, फागुन चैतमा खान योग्य हुने किनो र भदौ असोजमा खान योग्य हुने उन्सु जातका सुन्तला रोपेर जिल्लामा बाहै महिना ताजा सुन्तला खान सकिनेगरी प्रमाणित गरिदिएका छन् । 

यसैगरी, मुन्तला (जापानीज जातको) बाहै्र महिना फलिरहने ५० वोट मुन्तला पनि यहा राम्रो फल्ने गरेको छ। सानो दाना र झुप्पै फल्ने मुन्तला पाकेपछि बोक्रा नछोडाई खान मिल्ने  फल हो । मुन्तला भने पुस माघमा मात्र पाक्छ । दुबै मुन्तला र उन्सु जातका सुन्तला स्याङ्जाली हावापानीमा सुहाएको बताउदै बेमौसममा खान पाइने हुदा उत्पादनमा जोड दिई ब्यवसायिक बन्ने लक्ष्य रहेको अर्यालले दावी छ ।  

गमलामा पनि फल्ने हुदाँ प्रति वोट एक हजार देखि ५ हजार रुपैयाँसम्मका गमला सहितको सुन्तलाका बिरुवा बेच्ने गरेका छन् अर्यालले। यी सुन्तलाले घरको सौन्दर्यता बढाउनुका साथै बेमौसममा ताजा सुन्तला खान पाइन्छ्।

मुन्तला (जापानीज जातको) बाहै्र महिना फलिरहने मुन्तला रोपिएकाछन्। सानो दाना र झुप्पै फल्ने मुन्तला पाकेपछि बोक्रा नछोडाई खाने स साना कागतीको दाना जत्रै फल हुन्छ। मुन्तला भने पुस माघमा मात्र पाक्छ। दुबै मुन्तला र उन्सु जातका सुन्तला स्याङ्जाली हावापानीमा सुहाएको बताउँदै बेमौसममा खान पाइने हुँदा उत्पादन बढाउने लक्ष्य लिएको किसानको भनाइ छ। 

Facebook Comments Box
TOP