गल्याङ : लिफ्टिङ खानेपानी आयोजना सम्पन्न।

गल्याङ : गल्याङ नगरपालिका वडा नम्बर ११ गल्कोटमा मान्केखोला गल्कोट र्यानपम्प विस्थापन लिफ्टीङ खानेपानी आयोजनाको सुरुवात भएको छ ।
खानेपानी आयोजना गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले उद्घाटन गर्नुभयो ।
सो अवसरमा नगरप्रमुख अधिकारीले खानेपानीको आयोजना सम्पन्न गर्न सफल भएकोमा बधाई ज्ञापन गर्दै न्यूनतम आवश्यकता परिपूर्ति गर्न नगरपालिका प्रतिबद्व रहेको बताउनुभयो । आधारभूत आवश्यकता पुरा नहुँदासम्म विकासका कुरा गरेर मात्रै नहुने भन्दै उहाँले सबै क्षेत्रमा खानेपानी पुर्याउनका लागि आफु प्रतिबद्व रहेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले कृषि तथा पशुपालनमा सेवा विस्तारका लागि पनि खानेपानीको आवश्यकता रहने भन्दै अब उत्पादनमा जोडिनका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले समयमा नै योजना सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
न्यायिक समितिका सदस्य तथा वडा नम्बर ११ का सदस्य डिल्लीप्रसाद भण्डारी (गोपाल) ले सबैको सहयोगले आयोजना सम्पन्न हुन सम्भव भएको बताउनुभयो ।
आयोजना उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद भण्डारीले खानेपानीको व्यवस्थापनका लागि अझै पनि बजेट अपुग भएको बताउनुभयो ।
खानेपानी आयोजनाबाट गल्याङ नगरपालिकाका वडा नम्बर ११ अन्तर्गत साविकको वडा नम्बर ६ र ९ का झण्डै एक सय घर परिवार लाभान्दित बनेको कार्यक्रम सञ्चालक लिलाबल्लब अर्यालले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…