स्याङजा : खाली भएको कालिकाको आइसोलेसन फेरि भरिदै ।
स्याङजा : कोरोना संक्रमित उपचारपछि घर फर्केसँगै शून्य रहेको कालिका सामुदायिक अस्पताल फेरि भरिन थालेको छ। यही भदौ ९ गतेसाँझदेखि शून्य रहेको अस्पताल झण्डै २ सातापछि फेरि भरिन लागेको हो ।
केही साता सुस्त देखिएको संक्रमण फेरि भदौ २१ देखि बढ्न थालेको छ । एकैदिन संक्रमण देखिएका पुतलीबजारका २२ जनामध्ये २१ जनालाई कालिकामै राखिएको छ । त्यसपछि २४ र २५ मा पुष्टि भएका मध्ये ५ र २ जना गरी २८ जना आइसोलेसनमा राखेर उपचार भइरहेको अस्पतालका कार्यकारी निर्देशक छाँयादत्त रेग्मीले जानकारी दिए ।
जेठको दोश्रो साता सो अस्पतालमा ६० सैयाको आइसोलेसन तयार पारिएको हो। गण्डकी प्रदेश सरकार र स्थानीय पालिकाको समन्वयमा आइसोलेसन बनाइएको हो। जेठ १६ गते ४ जना संक्रमितको उपचारवाट सुरु भएको आइसोलेसनमा असारको १३ गते ६२ जना संक्रमितको उपचार भएको थियो ।
पछिल्लो पटक भदौ ९ मा अस्पतालमा उपचाररत संक्रमित १० जनाले कोरोना जितेर घर फर्केसँगै अस्पतालमा संक्रमितको संख्या शून्य बनेको थियो। सो आइसोलेसनमा पटक पटक गरी बसेका १ सय ७१ जना सबै नै निको भएर घर फर्केको अस्पताल व्यवस्थापन समितिले जनाएको छ। स्याङ्जामा संक्रमितको संख्या ३ सय ४९ पुगेको छ।
समाचार
थप सामाग्री
प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, आय स्रोत सामाजिक सञ्जाल
४ हप्ता अगाडि
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको…


