बहराईनमा ज्यान गुमाएका स्याङजा चापाकोटका भट्टराईकाे परिवारलाई आर्थिक सहयोग ।

help_chapakot

अजित क्षेत्री/पोखरा :
रोजगारीको शिलशिलामा बहरानमा ज्यान गुमाउन पुगेका स्याङजाकाे चापाकोट नगरपालिका वडा नं ६ साँखर केलादीका स्वर्गीय अशोक भट्टराईको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
मृतक भट्टराईको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यले एनआरएन बहराइन संस्थाका अध्यक्ष लक्ष्मी गिरीको नेतृत्वमा रकम सङ्कलन गरिएको थियो । बहराईंनमा कार्यरत स्याङ्जा चापाकोटका समाजसेवी देव गिरी र सोही नगरपालिका वार्ड नंबर ५ का समाजसेवी बिष्णु आचार्यको संयोजनमा संकलित रकम चापाकोट न पा ६ क़ा पिडित परिवारलाई हस्तान्तरण गरिएको हो । आर्थिक संकलन र हस्तान्तरणमा एनआरएन बहराइन कार्यसमिती र त्यहाँस्थित सामाजिक अभियान्ता र समाजसेवीहरुको महत्वपूर्ण भुमिका रहेको थियो ।

स्वर्गीय भट्टराईको परिवारलाई वैदेशिक रोजगारमा कार्यरत नेपालीबाट सङ्कलित ६० हजार चार सय ४५ रुपैयाँ सहयोग स्वरुप रकम पठाएको एनआरएन बहराइनका कोषाध्यक्ष विष्णु आचार्यले जानकारी दिनुभयाे ।

सहयोग रकम रामपुर नगरपालिका पाल्पाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य र चापाकोट नगरपालिका वडा नं ६ का अध्यक्ष एकदेव भट्टराईले स्वर्गीय भट्टराईको घरमै पुगेर उनका बुबा रविलाल भट्टराई र आमा लुकमाया भट्टराईलाई हस्तान्तरण गरिएको हो ।

रोजगारको शिलशिलामा बहराइनमा १६ महिना अघि पुगेका भट्टराईको गत साउन ८ गते मृत्यु भएको थियो । उनको गत भदौ २८ गते शव नेपाल ल्याएर कालीगण्डकीमा वैदिक परम्परा अनुसार दाह संस्कार गरिएको छ ।

वैदेशिक रोजगारमा रहेका नेपालीले दुखमा परेको भट्टराई परिवारमा सानो भएपनि रकम पठाएर सहयोग गरेकोमा अभियानमा संलग्न एनआरएन बहराईन, देब गिरि, लक्ष्मी गिरि, बिष्णु आचार्य र सबै सामाजिक अभियान्ता र सहयोगी मनहरुलाई रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले धन्यवाद दिनुभयाे ।

Facebook Comments Box
TOP