गण्डकी प्रदेश : शनिबार थप १५ जनामा कोरोना पुष्टि

पोखरा : गण्डकी प्रदेशमा शनिबार थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

नयाँ संक्रमितहरुमा कास्कीका १० जना छन् भने लमजुङ  र तनहुँका २-२ जना तथा मनाङका एक जना रहेका छन् ।

गण्डकी प्रदेशमा अहिलेसम्म ३६६० जना संक्रमित भएका छन् भने अहिलेसम्म २४९८ जना निको भएका छन् ।

प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या ११ सय १४ रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ । 

.

Facebook Comments Box
TOP