गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो।
स्याङ्जा : गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १ की ६३ वर्षीया महिलाको आइतबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
उनको काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा मृत्यु भएको हो ।ब्रेन ट्युमर र मृगौलाको समस्या भएकी उनमा १९ भदौमा कोरोना पुष्टि भएको थियो ।
कास्कीका ६, गोरखाका ४, तनहुँका ३, स्याङ्जा र नवलपुरका २/२, म्याग्दी, लमजुङ र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


