४० प्रहरी सहित गण्डकी प्रदेशमा ७४ संक्रमित थपिए ।
गण्डकी प्रदेशमा थप ७४ जनामा कोरोना पुष्टि भएको छ । कास्कीमा ६६ जनासहित प्रदेशका ३ जिल्लामा ७४ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कास्कीका ६६ बाहेक लमजुङका ५ र तनहुँका ३ जनामा कोरोना पुष्टि भएको हो । कास्कीका ६६ मध्ये ४० जना प्रहरी छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२ सय ८० पुगेको छ ।
तीमध्ये १९ सय ३५ संक्रमित निको भएका छन् भने ३१ जनाको मृत्यु भएको छ ।
।


Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


