गल्याङ-५ मा स्वास्थ्य चौकी भवनको शिलान्यास ।

गल्याङ : स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ मोहनडाँडामा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले स्वास्थ्यचौकी भवनको शिलान्यास गर्नुभएको हो ।
सोही स्थानमा डुम्रिचौर कृषि उपज केन्द्र तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रको पनि नगरप्रमुख अधिकारीले उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा नगरप्रमुख अधिकारीले दुर्गम क्षेत्रका जनताको जीवन स्तर उकास्न आफु क्रियाशिल रहेको बताउनुभयो ।
उहाँले ग्रामिण भाग धेरै भएको नगरपालिका भएकाले विकासका कुरामा केही समस्या भएको भन्दै छोटो समयमा पनि नगरपालिकाबाट विभिन्न कामहरु भएको बताउनुभयो ।
उहाँले उत्पादित कृषि उपजको विक्री वितरणको ग्यारेण्टी सरकारले दिने बताउनुभयो । वडा कार्यालय स्थापनाका लागि स्थान छनौट गर्न आग्रह गर्दै नगरप्रमुख अधिकारीले स्थान निश्चित भएपछि बजेटको व्यवस्था गर्ने प्रतिबद्वता जनाउनुभयो ।
कार्यक्रममा वडा नम्बर पाँचका अध्यक्ष विष्णुबहादुर क्षेत्रीले विकट क्षेत्र भएको वडा भएकाले सबैलाई सुगम स्थान छनौट गर्न कठिन भएको बताउनुभयो ।
उहाँले विभिन्न कार्यालयहरुको छनौट गर्ने क्रममा सबै ठाउँमा मिलाएर सकेसम्म धेरैको पायक पर्नेगरी कार्यालयहरु राख्न आफु क्रियाशिल रहेको बताउनुभयो ।
वडा नम्बर चारका अध्यक्ष नेत्रप्रसाद पाण्डेले भौगोलिक विकटता भएपनि विकासका कुराहरुलाई ग्रामिण क्षेत्रका लागि जोड दिइएको भन्दै आवश्यकता अनुसारको माग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको सञ्चालन वडा नम्बर पाँचका वडा सचिव गंगाराम बस्यालले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…