गल्याङ नगरपालिकामा विपन्नको घर निर्माण अभियान सुरु ।

गल्याङ : प्राकृतिक प्रकोप पीडित तथा अति बिपन्न परिवारका लागि स्याङ्जाको गल्याङ नगरपालिकामा घर निर्माणको काम सुरु भएको छ ।
गल्याङ नगरपालिकाको सहकार्यमा गल्याङ नगरपालिका वडा न.१० पकवादीमा क्रियाशिल ६ वटा युवा क्लबले जनश्रमदान गरी विपन्न परिवारको घर निर्माण गरिने भएको हो ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले आवास निर्माण कार्यक्रमको शिलान्यास गरी घर निर्माणको अभियान सुरु भएको घोषणा गर्नुभएको छ ।
उहाँले आवास निर्माणको लागि आवश्यक सामाग्री र युवा क्लबका सक्रिय सदस्यहरूलाई टिसर्ट वितरण गरि आवास निर्माण कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।
शुभारम्भ कार्यक्रममा नगरप्रमुख अधिकारीले गरिब र विपन्नहरुको उद्दार नभएसम्म विकास नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो –‘बाटो पुगेको छ तर बस्ने घर नै छैन भने त्यसलाई कसरी विकास मान्ने ?’
नगरप्रमुख अधिकारीले अति विपन्नहरुको आवास निर्माणका लागि जति खर्च गर्नुपरे पनि आफु तयार रहेको बताउनुभयो । उहाँले भाषण र कुरा गरेर मात्र केही नहुने भन्दै काम गरेर मात्रै सम्बृद्व सम्भव रहेको बताउनुभयो ।
.

कृषि पशुपालन लगायतका क्षेत्र मार्फत स्वरोजगारी सिर्जना गर्ने कार्यक्रमलाई पनि सँगसँगै अगाडी बढाउने स्पष्ट पार्नुभयो ।
गल्याङ नगरपालिकाका उपप्रमुख देविसरा थापाले नगरपालिका सधैं विपन्नहरुको साथमा रहेको बताउनुभयो । उहाँले खरका छाना हटाई जस्ता पाता लगाउने कार्यलाई पनि यसै वर्ष पुरा गरिने बताउनुभयो ।
शुभारम्भ कार्यक्रममा जिल्ला पुर्वाधार प्रमुख लक्ष्मी प्रसाद भण्डारीले गल्याङ नगरपालिकाले उदाहरणीय कार्य गरेको बताउनुभयो ।
त्यस्तै गल्याङ नगरपालिका प्रमुख प्रसासकिय अधिकृत इश्वरीप्रसाद पाण्डेले नगरपालिकाबाट एउटा नमूना कार्यक्रम कार्यक्रम सुरु भएको भन्दै यसले अन्य पालिकामा र समग्र देशमै मोडेलको रुपमा काम गर्ने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष ध्रुव शर्मा पंगेनीले आफ्नो वडामा क्रियासिल युवा क्लबले निशुल्क श्रमदान गर्न तयार भएको भन्दै आभार व्यक्त गर्नुभयो ।
शुरुवातमा नगरपालिकाको वडा न. १० का अति बिपन्न पाँच परिवारलाई भुकम्प प्रतिरोधी २ कोठे पक्की ५ वटा घर बनाइने भएको छ । निर्माण सामाग्री नगरपालिकाले उपलब्ध गराउने र निर्माणको काम स्थानीय आठ वटा युवा क्लबले गर्ने भएका छन् ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…