पसाउन लागेको धानमा राईस हिस्पा (खप्टे किरा) को प्रकोप।

कला राना/स्याङ्जा : मलको अभाव झेलिरहेका स्याङ्जाका कृषकलाई राईस हिस्पा (खप्टे किरा) ले सताएको छ । भीरकोट नगरपालिका ५ को पकान फाँटमा करिब चार सय रोपनी क्षेत्रफलको धान खेतीमा किराको प्रकोप देखिएको हो । किराले धानको पात खाई दिएर परालजस्तै बनाइ दिएको कृषक भीरकोट ५ स्वरेकका कृषक कृष्ण पौडेलले बताउनुभयो । यस क्षेत्रफलमा विगत ३ वर्षदेखि नै यस्तो समस्या देखिएको छ । विगतका वर्षहरूमा धानमा त्यति क्षति नदेखिए पनि यसपालि भने पकान फाँटका धानमा क्षति देखिएपछि कृषकले कृषि विज्ञलाई खबर गरेका थिए ।
प्राविधिक, जनप्रतिनिधि र कृषकसहितको अनुगमन पश्चात् निमको झोल राख्न सुझाएपछि कृषकले निमको झोल राखेका थिए । झोल प्रभावकारी नभएपछि पुनः कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारी, कृषि विज्ञ, जनप्रतिनिधि र वडा अध्यक्षको दोस्रो अनुगमन पश्चात् कीटनाशक विषादी छरिएको छ । कृषि विज्ञको सिफारिसमा कीटनाशक विषादी कोलोरो पाइरीफस छरिएको केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो ।
किराको न्यूनीकरणका लागी उक्त विषादी एक लिटर पानीमा दुई एमएल मिलाएर छर्किएको हो । पकान फाँटमा सय घरधुरीको चार सय रोपनी क्षेत्रफलको धान खेतीमा किराको प्रकोप देखिएको छ । त्यस्तै वालिङ ११ को डौँवा फाँट र वालिङ ४ को गैह्राथोकमा समेत किराले धानको पात खाई दिएको छ । ती दुई स्थानका डेढ सय रोपनीमा किराले पात खाईदिएपनि त्यहाँ पकानमा जस्तो क्षति भने भएको छैन । (अनलाईन रेडियो नेपाल डट जिओभी डट एनपी)
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…