गिट्टी निकाल्ने क्रममा माटोको ढिस्कोले पुर्दा वालिङमा एक जनाको मृत्यु, यस्ताे छ दुर्घटना स्थल ।
स्याङजा :
पहिरोमा परि स्याङजाको वालिङमा एक जनाको ज्यान गएको छ भने दुई घाईते भएकाछन् । वालिङ ११ पेखु स्थित पनेरगैह्रामा आज बिहान गिटी निकाल्ने क्रममा माथिबाट खसेको माटो ढिस्कोले उनीहरुलाई पुरेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रबक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । ।
माटोले पुरिएर गम्भिर घाईते भएका वालिङ ११ का ३९ बर्षका दुर्गा थापाको उपचारका क्रममा मृत्यु भएको हो । घाईते भएपछि थापालाई उपचारका लागि ग्रहौं प्राथमिक अस्पताल लगिएको थियो ।
माटोले पुरिएर घाईते भएका सोही ठाँउकी ३५ बर्षीय मुना थापा र ३१ बर्षीय नारायणी सिंजालीको उपचार भईरहेको छ । मुनाको खुट्टा भाचिएको ग्रहौं प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
.


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


