गिट्टी निकाल्ने क्रममा माटोको ढिस्कोले पुर्दा वालिङमा एक जनाको मृत्यु, यस्ताे छ दुर्घटना स्थल ।
स्याङजा :
पहिरोमा परि स्याङजाको वालिङमा एक जनाको ज्यान गएको छ भने दुई घाईते भएकाछन् । वालिङ ११ पेखु स्थित पनेरगैह्रामा आज बिहान गिटी निकाल्ने क्रममा माथिबाट खसेको माटो ढिस्कोले उनीहरुलाई पुरेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रबक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । ।
माटोले पुरिएर गम्भिर घाईते भएका वालिङ ११ का ३९ बर्षका दुर्गा थापाको उपचारका क्रममा मृत्यु भएको हो । घाईते भएपछि थापालाई उपचारका लागि ग्रहौं प्राथमिक अस्पताल लगिएको थियो ।
माटोले पुरिएर घाईते भएका सोही ठाँउकी ३५ बर्षीय मुना थापा र ३१ बर्षीय नारायणी सिंजालीको उपचार भईरहेको छ । मुनाको खुट्टा भाचिएको ग्रहौं प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
.


समाचार
थप सामाग्री
प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, आय स्रोत सामाजिक सञ्जाल
४ हप्ता अगाडि
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको…


