एमसीसी परिमार्जन गरेर पारित हुने, चैतमा महाधिवेशन गर्ने नेकपाको निर्णय ।

 २६ भाद्र २०७७, शुक्रबार २०:२५   | आँधीखोला समाचार डेस्क

एमसीसी परिमार्जन गरेर पारित हुने, चैतमा महाधिवेशन गर्ने नेकपाको निर्णय  ।

काठमाडौं : डेढ महिनापछि बसेको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटीको बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपाको एकता महाधिवेशन चैतमा गर्ने निर्णय गरेको छ ।

चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौंमै महाधिवेशन गर्ने निर्णय बैठकले गरेको हो ।

महाधिवेशनको तयारीका सम्बन्धमा छलफलका लागि २०७७ कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ ।

त्यस्तै अमेरिकी सहयोग सम्बन्धी कार्यक्रम (एमसीसी) लाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर पारित गर्ने निर्णय समेत स्थायी समिति बैठकले गरेको छ ।

के संशोधन र परिमार्जन गर्ने भन्ने विषयमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समितिको सुझावका आधारमा काम हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments

अन्तिम अपडेट: २६ भाद्र २०७७, शुक्रबार २०:२५





-->