स्याङ्जाको वालिङमा थपिए ५ जना कोरोना सङ्क्रमित ।
स्याङ्जा :
स्याङ्जाको वालिङमा थपिए ५ जना कोरोना सङ्क्रमित थपिएकाछन् । एक जना महिला सहित पाँच जना सङ्क्रमित थपिएका हुन् ।
वालिङको वडा नम्वर ६ का ३० बर्षका पुरुष, ८ का ३० बर्षका पुरुष र १ का ४० बर्षका पुरुषमा सङ्क्रमण पुष्टी भएको हो । प्रदेशकाे सूचनामा वालिङ उल्लेख भएकाे भए पनि चापाकाेट नगरपालिकाका दुइ जना रहेकाे वालिङ नगर पालिकाका स्वास्थ्य शाखाका प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयाे । उहाँका अनुशार ६५ बर्षका पुरुष र ६५ बर्षकी महिला गरी दुई जना चापाकाेटका हुन् तर वालिङ मा नै बसिरहेकाछन् । सबै सङ्क्रमित क्वारेन्टीनमा बसिरहेका व्यक्ति हुन ।
यो सहित स्याङजामा सङ्क्रमितको संख्या तीन सय ५६ जना पुगेको छ भने तीन सय आठ जना निको भएका छन् भने तीन जनाको निधन भएको छ ।
-स्याङ्जाका कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु ।
.

समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


